पोखराको टुडिखेलमा हुने फुटबलको तयारी तिब्र
पाेखरा | साउन २९, २०८१
पोखरा: पाोखराको पुरानो टुडिखेलमा हुने एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
यही भदौ १ गतेदेखि ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगिताको तिब्र पारिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए । उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने
उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।
यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

